स्याङ्जाको एक घरमा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।
चापाकोट नगरपालिका ४ पुरीगाउँमा आफ्नै घरमा बम विस्फोट हुँदा ४५ वर्षीय गोबिन्द पुरी घाइते भएका छन्। उनी नेपाली सेनाबाट २ वर्ष पहिले अवकास भएका थिए।
शनिबार बेलुका ३ तले कच्ची घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेटबम बिस्फोट भएको उनको भनाई छ।
घरमा सामान्य क्षति भएको र गोबिन्द पुरीको बाँया आँखा भन्दा मुनी, बाँया खुट्टा र नाईटो भन्दा तल चोट लागेको प्रहरीले जानकारी दिएको छ।
विष्फोटबाट घाईते भएका गोबिन्द पुरी अहिले प्रहरीको नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृत सहितको सोको टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थल गएर मुचुल्का गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








प्रतिक्रिया