Listen LIVE

नेपालगञ्ज। नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौँको आयोजना तथा कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा ‘बाँकेका कवि र कविता’ विषयक काव्य विमर्श तथा काव्यवाचन कार्यक्रम नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ।

Advertisement 1

नेपालगञ्जको स्वस्तिक कटेजमा आयोजित कार्यक्रमको अध्यक्षता कल्पना फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गर्नु भएको थियो भने नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेत मुख्य अतिथि रहनु भएको थियो।

Advertisement 2

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा समालोचक लेकप्रसाद प्याकुरेलले ‘बाँकेका कवि र कविता’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा नेपाली भाषासँगै अवधी, उर्दु र हिन्दी कविता तथा कविहरूको इतिहास र योगदानलाई समेत समेटिएको थियो। विश्लेषक वेद प्रकाश प्याकुरेलले पनि सोही विषयमा केन्द्रित रहेर आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

Advertisement 3

कार्यपत्र प्रस्तुतिपछि टिप्पणी तथा खुला छलफल पनि गरिएको थियो। टिप्पणी तथा शुभकामना दिने विशिष्ट अतिथिहरूमध्ये नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्राडा कृष्णप्रसाद घिमिरे, प्राडा गोपालप्रसाद अधिकारी, नेपाल प्रज्ञाप्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडी, राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजंग पिटर, खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारी, काव्य विभाग सदस्य मणिरत्न अर्याल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा २१ जना वरिष्ठ तथा नवसर्जक कवि–कवयित्रीहरूले गद्य–पद्य, मुक्तक, कविता तथा गजल वाचन गरेका थिए। कविता वाचन गर्नेहरूमा इन्दिरा गौतम, चरित्रा शाह, खगेन्द्र गिरी कोपिला, खेम बगर, कपिल अन्जान, मधई सिंह, विष्णु कुमाल, ममता रावत, समृद्धि प्याकुरेल, सर्मिला विष्ट, निसु जोशी, सुसिला बैश्य, क्रिस्टललगायत हुनुहुन्थ्यो। यस क्रममा नेपाली, हिन्दी, अवधी लगायतका बहुभाषिक रचनाहरू प्रस्तुत गरिएका थिए।

वक्ताहरूले नयाँ पुस्ता (जेन जी) को सक्रिय सहभागिताले बाँकेको साहित्यमा आशा जगाएको भन्दै उनीहरूलाई निरन्तर लेखनका लागि नेपाल प्रज्ञाप्रतिष्ठान र महेन्द्र पुस्तकालयले साहित्य लेखन प्रशिक्षण र मञ्च प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।

 

मुख्य अतिथि बाबा बस्नेतले काव्य विधाको उन्नतिको लागि देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू निरन्तर भइरहेको उल्लेख गर्दै नेपालगञ्जमा भएको यो भव्य कार्यक्रमले साहित्यिक गतिविधिलाई थप उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य बोधराज प्याकुरेलले गर्नुभएको थियो भने उपाध्यक्ष ऋषिराम सापकोटाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो।

अन्त्यमा, कार्यक्रमकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले नेपाल प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गरी उपलब्धिमूलक कार्यक्रम सम्पन्न गर्न योगदान पुर्‍याउने सबैप्रति विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!