नेपालगञ्ज : यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् ।
Advertisement 1
साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ ।
Advertisement 2
त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ ।
Advertisement 3
यस वर्षको भाइटीकाको साइत कात्तिक १८ गते आइतबार मध्याह्न ११:३७ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व कार्तिक १३ गते मंगलबारदेखि शुरु भएको थियो । १३ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) धनवन्तरी जयन्ती, १४ गते कार्तिक काग तिहार, १५ गते बिहीबार कुकुर तिहार र नरक चतुर्दशी, लक्ष्मी पूजा, कात्तिक १७ गते शनिबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा ,नेपाल संवत एवं १८ गते आइतबार भाइटीका मनाइदैछ ।










प्रतिक्रिया