Listen LIVE

नेपालगञ्ज । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नाग पञ्चमीको अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाले स्थानीय बिदा दिएको छ। धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नरैनापुरमा पर्वको सम्मान गर्दै गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो।

Advertisement 1

गाउँपालिकाका कार्यवाहक अध्यक्ष जयन्ती देवी श्रीवास्तवद्वारा जारी सूचनाअनुसार नाग पञ्चमीका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय तथा गाउँपालिका क्षेत्रभित्रका शैक्षिक संस्थामा स्थानीय बिदा रहनेछ। यद्यपि अत्यावश्यक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

Advertisement 2

 

हिन्दू र मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको नरैनापुरमा विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै स्थानीय पर्वमा बिदा दिने निर्णय गरिएको गाउँपालिकाको भनाइ छ। यस्तो निर्णयले विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने स्थानीय अभ्यासलाई थप बलियो बनाउने विश्वास गाउँपालिकाले लिएको छ।

Advertisement 3

 

स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वको सम्मान गर्नुका साथै सबै समुदायबीच आपसी सम्मान, भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले बिदा प्रदान गरिएको सूचनामा उल्लेख छ।

 

गाउँपालिकाले नाग पञ्चमीको अवसरमा नरैनापुर क्षेत्रका सम्पूर्ण नागरिक, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

 

स्थानीय पर्व तथा संस्कृतिको संरक्षणसँगै सबै समुदायका धार्मिक आस्था र परम्पराको सम्मान गर्ने वातावरण निर्माण गर्न सके सामाजिक एकता अझ मजबुत हुने गाउँपालिकाको विश्वास छ।

 

स्थानीय बिदाका कारण अत्यावश्यक सेवाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालय तथा शैक्षिक संस्था बन्द रहने भएकाले सम्बन्धित सेवाग्राहीलाई आफ्नो कामको योजना सोहीअनुसार बनाउन गाउँपालिकाले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!