Listen LIVE

नेपालगञ्ज पोष्ट। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सर्वसाधारणमा व्यापक आक्रोश फैलिएको छ। यसबीच सामाजिक सञ्जालमै नेताका सन्तानको आलिसान जीवनशैली उजागर गर्ने अभियान सुरु भएको छ।

Advertisement 1

 

विशेषगरी टिकटकमा युवाहरूले नेताका सन्तानको महँगो र विलासी जीवनशैली सार्वजनिक गर्दै भ्रष्टाचारले सीमा नाघेको भन्दै जनताको कर दुरुपयोग भएको आरोप लगाइरहेका छन्। पूर्वप्रधानन्यायाधीश, पूर्वप्रहरी प्रमुख लगायत उच्च पदस्थ नेताका सन्तानको जीवनशैलीमाथि पनि प्रश्न उठाइएको छ।

Advertisement 2

 

यस अभियानमा कलाकार र कन्टेन्ट क्रियटरहरूले पनि साथ दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध यही समूहले भोलि भदौ २३ गते सोमबार काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको छ। माइतीघरदेखि बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने तयारी गरिएको छ।

Advertisement 3

 

‘जेनजी’ पुस्ताले नेताहरूको भ्रष्टाचारका कारण आफ्नो भविष्य बर्बाद भएको भन्दै आन्दोलन सुरु गरेको बताइएका छन्। काठमाडौंसँगै उपत्यका बाहिरका जिल्लामा पनि सोही दिन सिडिओ कार्यालय अगाडि प्रदर्शन गर्ने तयारी भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!