नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ओभरीमा ६७ वर्षीया चेती बुढाथोकीको मृत्यु भएको छ। उनी दाउरा काट्न गएका बेला वन्यजन्तुको आक्रमणमा परेकाे आशंका गरिएको छ।
Advertisement 1
शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार बुढाथोकीको शव भवती सामुदायिक वनमा फेला परेको थियो। “मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले आक्रमण गरेको हुनसक्छ,” शर्माले भने, “तर ठ्याक्कै कुन वन्यजन्तुले आक्रमण गर्यो भन्ने फरेन्सिक जाँचपछि मात्रै पुष्टि हुनेछ।”
Advertisement 2
शर्माका अनुसार मृतकलाई आक्रमण गर्दै गरेको कसैले नदेखेका कारण बाघ वा चितुवामध्ये कुन प्रजातिको जनावर जिम्मेवार हो भन्न सकिने अवस्था छैन।
Advertisement 3
शव आज दिउँसो करिब ३ बजे पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वतर्फ लतारिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा अनुसन्धान जारी छ भने फरेन्सिक परीक्षणपछि थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
वन क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन र वनभित्र प्रवेश गर्दा सावधानी अपनाउन वरिष्ठ वन अधिकृत शर्माले आग्रह गरेका छन्।










प्रतिक्रिया