जनकपुरधाम, भदौ १५ । जनकपुरधाम उपमहानगरपालिका–२० झण्डाचोकमा शनिबार गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर दुई समुदायबीच झडप भएको छ।
Advertisement 1
मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच वादविवाद उत्पन्न भई ढुङ्गामुढासहित स्थिति चर्किएको प्रहरीले जनाएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ।
Advertisement 2
घटनापछि थप विवाद बढ्न नदिन सुरक्षाकर्मीहरूलाई घटनास्थलमा परिचालन गरिएको र अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
Advertisement 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया