Listen LIVE

विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी–३ मा बिहीबार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका वडा नं–८ का २६ वर्षीय अमित लिम्बू छन् ।

Advertisement 1

 

धिमालको अरनिको अस्पताल उर्लाबारीमा, गुरुङको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मङ्गलबारेमा र अमृतको विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

Advertisement 2

 

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी मोरङ पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल कसले चलाएको भन्ने खुलेको छैन । यस्तै कानेपोखरीका गुरुङ र लिम्बू सवार प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल पनि कसले चलाएको खुलेको छैन । उर्लाबारीबाट थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएका विष्णुको अवस्था समेत चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!