रुपैडिहामा चोरीका १५ मोटरसाइकलसहित दुई युवक पक्राउ

सन्देश भुसाल,रुपैडिहा, बाँके : नेपाल–भारत सीमा नाका रुपैडिहाबाट नेपाल बसोबास गर्ने दुई युवकलाई १५ वटा चोरीका मोटरसाइकलसहित भारतीय प्रहरीले पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा बाँके जिल्लाको जानकी गाउँपालिका–१, जोगा गाउँका गुलजार खाँ र वसीम उर्फ ‘छोटकउ’ रहेका छन्। चेकजाँचका क्रममा उनीहरू मोटरसाइकलको आवश्यक कागजात देखाउन नसकेपछि प्रहरीले कडाइका साथ सोधपुछ गरेको थियो। सोधपुछपछि मोटरसाइकलहरू चोरीका रहेको खुलासा भएको भारतीय प्रहरीले जनाएको छ।

 

प्रहरीले थप अनुसन्धान गर्दा शिवपुरा जंगल बोर्डर नजिक झाडीमा लुकाइ राखिएको अवस्थामा नेपाली र भारतीय नम्बर प्लेट भएका १३ वटा मोटरसाइकलसमेत फेला पारेको छ।

 

फेला परेका मोटरसाइकलहरूको विवरण यस प्रकार रहेको छः

  1.  हीरो सुपर स्प्लेन्डर (चेसिस नं: MBLHAR189HHE19571, इञ्जिन नं: HA10ACHHE86322)
  2.  अपाची आरटीआर (चेसिस नं: MD634CE44K2E13928, इञ्जिन नं: CE4EK2313002)
  3.  बजाज पल्सर (चेसिस नं: MD2A11CZ0CCJ60300, इञ्जिन नं: DHZCCJ55876)
  4.  हीरो स्प्लेन्डर प्लस (चेसिस नं: MBLHAR086JHD42588, इञ्जिन नं: HA10AGJHDE7103)
  5.  सुपर स्प्लेन्डर (भे ६प ५९८९) (चेसिस नं: MBLJAR03XJ9E20588, इञ्जिन नं: JA05EGJ9E40095)
  6.  हीरो सुपर स्प्लेन्डर (चेसिस नं: MBLJA05EMF9F36656, इञ्जिन नं: JA05ECF9F34754)
  7.  पल्सर NS200 (चेसिस नं: MD2A36FX4MCM82473, इञ्जिन नं: JLXCMM26658)
  8. हीरो सुपर स्प्लेन्डर (भे १३प ३२९०) (चेसिस नं: MBLJAW171M9M01347, इञ्जिन नं: JA07ABM9M01286)
  9.  हीरो पैशन प्रो (चेसिस नं: MBLHA10AWCGF51076, इञ्जिन नं: HA10ENCGF21515)
  10.  हीरो स्प्लेन्डर प्लस (भे ७प ९६२५) (चेसिस नं: MBLHAW110LHGC1639, इञ्जिन नं: HA11EVLHG92918)
  11. हीरो आईस्मार्ट (चेसिस नं: MBLHA12ACFHK04243, इञ्जिन नं: HA12EMFHK04310)
  12.  हीरो स्प्लेन्डर प्लस (चेसिस नं: MBLHAW238PHB80496, इञ्जिन नं: HA11E8PHB41001)
  13. अपाची आरटीआर १६० (चेसिस नं: MD634BE44H2K65019, इञ्जिन नं: BE4KH2163970)
  14. हीरो सुपर स्प्लेन्डर (भे ६प ४६५०) (चेसिस नं: MBLJAR035H9J25809, इञ्जिन नं: JA05EGK9G36080)
  15. बजाज पल्सर १५० (चेसिस नं: MD2A11CZ5EWM24449, इञ्जिन नं: DHZWEM18386

पक्राउ परेका दुवै युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

error: Content is protected !!