Listen LIVE

सुर्खेत, साउन १९ — मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको लेकवेशी नगरपालिका–३ खारपानीमा इभी (विद्युतीय) गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

Advertisement 1

प्रहरीका अनुसार वीरेन्द्रनगरबाट बोटेचौरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज १०२३ नम्बरको इभी गाडी गंगामाला सामुदायिक वनअगाडि अनियन्त्रित भई पल्टिएको हो।

Advertisement 2

 

दुर्घटनामा जाजरकोटको छेडागाड नगरपालिका–११ निवासी १७ वर्षीया पवित्रा थापा र चिङ्गाड गाउँपालिका–१ निवासी ३४ वर्षीया सुनिता घर्ती मगर घाइते भएका छन्।

Advertisement 3

 

प्रहरीका अनुसार दुवै घाइतेको अवस्था सामान्य रहेको छ। उनीहरूलाई थप उपचारका लागि मेहेलकुना अस्पताल पठाइएको छ।

 

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!