Listen LIVE

इलाम — कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई इलाम प्रहरीले ४५ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–५ बस्ने ७६ वर्षीय तील बहादुर गुरुङ रहेका छन्।

Advertisement 1

 

जिल्ला अदालत इलामले २०३८ साल जेठ १२ गते गुरुङलाई १० वर्ष कैद सजायको फैसला गरेको थियो। तर, उनी फैसला जारी भएपछि फरार रहेका थिए।

Advertisement 2

 

इलाम जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले गुरुङलाई सन्दकपुर गाउँपालिका–५ मा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

Advertisement 3

 

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव बोगटीका अनुसार पक्राउ परेका गुरुङलाई जिल्ला कारागार इलाम पठाइएको छ।

 

प्रहरीले लामो समयदेखि फरार अभियुक्तहरूको खोजी तथा पक्राउ अभियान सञ्चालन गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!