Listen LIVE

बाँके, राप्ती सोनारी : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा आइतबार दिउँसो धान रोप्दै गरेका बेला चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा खेतमा धान रोपिरहेका बेला चट्याङ पर्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ दाङकी ४५ वर्षीया सीता चौधरीको मृत्यु भएको हो। उनी माइती पक्षतर्फको घरमा धान रोप्न गएकी थिइन्।

Advertisement 2

 

घटनामा २४ वर्षीया निर्मला थारु र १५ वर्षीया गरीमा थारु घाइते भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिनुभयो।

Advertisement 3

 

घाइते तीनै जनालाई तत्काल राप्ती सोनारी अस्पताल लगिएको भए पनि सीता चौधरीको उपचारकै क्रममा मृत्यु भएको हो।

 

अन्य दुई जना घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ।

 

प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकी सीता चौधरीप्रति श्रद्धाञ्जलि तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!