बाँके २१ असोज – खजुरा गाउँपालिका-६, मनकामनाका २६ वर्षीय आलमदार खाँको करेन्ट लागेर मृत्यु भएको छ। खाँलाई शनिबार साँझ घरमा विवाहको लागि टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेपछि गम्भीर घाइते भएका खाँलाई तत्काल उपचारका लागि सुशिल कोईराला क्यान्सर प्रखर अस्पताल, खजुरा पुर्याइएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
Advertisement 1
घटनापछि खजुरा प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा करेन्ट जोड्दा सावधानी नअपनाउँदा घटना भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








प्रतिक्रिया