Listen LIVE

नेपालगञ्ज पोष्ट : बाँके प्रहरीले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा बढ्दो अनियमितता र अनुचित गतिविधिका आशंकामा कडाइका साथ अनुगमन सञ्चालन गरेको छ। यही क्रममा प्रहरीले दुईवटा स्थानमा गरिएको विशेष अपरेसनमार्फत १८ जनालाई नियन्त्रणमा लिएको छ।

Advertisement 1

 

उपमहानगरपालिका–१८ मा रहेको Tarang Spa Center मा गरिएको अनुगमनमा कञ्चनपुर दोघर–चाँदनी नगरपालिका–२ का ३९ वर्षीय मानबहादुर साउँदसहित २ पुरुष र २ महिला गरी ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। नियन्त्रणमा परेकामाथि प्रारम्भिक अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

Advertisement 2

हालै मसाज तथा स्पा सेन्टरहरूमा अनुशासनहीनता र आपराधिक गतिविधि बढ्दै गएको सूचनाका आधारमा अनुगमन कडा पारिएको प्रहरीले बताएको छ। समाजमा सुरक्षा भावना बढाउन, गैरकानुनी काम रोकथाम गर्न र कानुनको कडाइका साथ पालना गराउन अभियानलाई अझ प्रभावकारी बनाइने चेतावनी समेत दिएको छ। शंका लाग्ने गतिविधि देखिएमा स्थानीयले सूचना दिन आग्रह गरिएको छ।

Advertisement 3

 

यही विशेष अपरेसन अन्तर्गत नेपालगञ्ज–१८ स्थित अर्को स्पा सेन्टरमा पनि प्रहरीले छापा मारेको थियो। साँझ ५ बजे वरिष्ठ नायब निरीक्षक रमेश बजगाईंको नेतृत्वमा खटिएको टोलीले दुवै स्पा सेन्टरमा गैरकानुनी गतिविधि भइरहेको पुष्टि भएपछि तत्काल कारबाही गरेको हो।

 

सिदार्थ होटल अगाडि रहेको A-One Spa Center मा गरिएको छापामारीबाट उपमहानगरपालिका–२० बस्ने २० वर्षीय निरज कुमार वर्मासहित २ पुरुष र ३ महिला गरी ५ जनालाई नियन्त्रणमा लिइएको छ। सो स्पा सेन्टरको सञ्चालन वर्माले नै गर्दै आएको प्रहरीको भनाइ छ।

 

नियन्त्रणमा परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर आवश्यक सोधपुछ अघि बढाइएको छ। प्रहरीले क्षेत्रका अन्य स्पा, मसाज सेन्टर र खाजा घरहरूमा पनि निरन्तर अनुगमन जारी रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!