Listen LIVE

टोरन्टो, क्यानडा : अमेरिकी सहर मिनेसोटाबाट टोरन्टोतर्फ उडेको डेल्टा एअरलाइन्सको यात्रुवाहक विमान अवतरणका क्रममा पल्टिएर धावनमार्गमा उल्टो परेको छ। घटनामा केही यात्रु घाइते भएका छन्।

Advertisement 1

 

अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार विमानमा ८० जना सवार थिए, जसको उद्धार सकिएको छ। घाइतेमध्ये १८ जनालाई अस्पताल पठाइएको छ भने एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको बताइएको छ।

Advertisement 2

 

अनलाइनमा सार्वजनिक भएका भिडिओ फुटेजहरूमा अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई उद्धार गरिरहेको देख्न सकिन्छ। दुर्घटनाको कारण अझै स्पष्ट भइसकेको छैन, तर प्रहरीले “अधिकांश यात्रु सकुशल रहेका” जनाएको छ।

Advertisement 3

 

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले यस “गम्भीर घटना” को निगरानी गरिरहेको बताएकी छन्। टोरन्टोमा कठ्याङ्ग्रिँदो जाडोका साथै तीव्र गतिको हावा चलिरहेको छ। एक साताको अन्तरालमा दुई वटा हिमआँधी चलेका कारण मौसमले दुर्घटनामा भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ।

 

दुर्घटनाग्रस्त विमान हाल टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै रहेको छ भने घटनाबारे थप अनुसन्धान जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!