Listen LIVE

सन्देश भुसाल , नेपालगञ्ज : नेपालगन्जस्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ। दैलेख घर भएकी निर्मला नेपालगन्ज–१२, बेलासपुरमा बस्दै आएकी थिइन्।

Advertisement 1

उक्त घटनामा स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत बर्दिया घर भएका ३५ वर्षीय प्रकाश सुनारको संलग्नता पुष्टि भएको छ। प्रहरीले दिएको जानकारीअनुसार बुधबार राति प्रकाशले निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरेपछि आफ्नी बहिनीलाई फोन गरी “तिम्रो दिदीलाई मैले मारेँ” भनेर जानकारी गराएका थिए।

Advertisement 2

हत्या गरेपछि उनले आफ्ना केही आफन्त र साथीभाइलाई भेटेर “अब यति हो है भेटघाट” भन्दै बिदा लिँदै हिंडेका थिए। राति करिब २ बजे उनी स्वयं जिल्ला प्रहरी कार्यालय, बाँके पुगेपछि घटना सार्वजनिक भएको हो।

Advertisement 3

 

प्रहरीले तत्कालै घटनास्थलमा पुग्दा निर्मलाको शव कोठामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार निर्मला र प्रकाश विगत तीन वर्षदेखि बेलासपुरमै एउटैठाउँमा बस्दै आएका थिए र उनीहरूबीच प्रेम सम्बन्ध रहेको पाइएको छ।

 

तर, प्रकाश पहिले नै विवाहित थिए र उनका श्रीमती, एक छोरा र एक छोरी हाल बर्दियामा बस्दै आएका छन्।

 

निर्मलाको परिवार भने घटनापछि मात्र नेपालगन्ज आइपुगेको थियो र त्यसपछि मात्रै पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

हाल घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!