ताप्लेजुङ, वैशाख ८ : पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा अचानक विद्युत् तार खस्दा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ। घटना तेर्से देउराली नजिकै सोमबार बिहान भएको हो।
Advertisement 1
मृत्यु हुनेहरूमा फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र उनका ७० वर्षीय श्रीमान् विनोद पौडेल रहेका छन्। उनीहरू घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
Advertisement 2

बोलेरो गाडीमा ६ जना सवार थिए। दुर्घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।
Advertisement 3

प्रहरीका अनुसार घटनास्थलमा अचानक विद्युत् लाइनको तार गाडीको हुटमा खसेपछि करेन्ट सरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











