Listen LIVE

नेपालगन्ज : बाँकेका चर्चित समाजसेवी हाल अमेरिका बसोबास गर्दै आएका राजा खान नेपालगन्जले दावते इस्लामी नेपाललाई समर सिबल जडानका लागि रु. १ लाख नगद बराबरको आर्थिक सहयोग प्रदान गरेका छन्।

Advertisement 1

 

राजा खान नेपालगन्ज सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका छन्। धार्मिक तथा सामुदायिक सेवाका लागि उनले नेपालगन्ज वडा नं. ५ स्थित दावते इस्लामी नेपाललाई उक्त सहयोग प्रदान गरेका हुन्। मस्जिदमा स्वच्छ पानीको सहज उपलब्धता सुनिश्चित गर्न तथा भक्तजनहरूलाई सुविधाजनक वातावरण प्रदान गर्न यो सहयोग महत्वपूर्ण मानिएको छ।

Advertisement 2

 

सहयोग हस्तान्तरण कार्यक्रममा नेपालगन्ज टेलिभिजनका अध्यक्ष इरफान अली (अरसद) ले राजा खान नेपालगन्जको योगदानको प्रशंसा गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सहयोगहरूले ठूलो भूमिका खेल्ने उल्लेख गरे।

Advertisement 3

 

दावते इस्लामी नेपालका प्रतिनिधिहरूले राजा खानप्रति आभार व्यक्त गर्दै यो सहयोगले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

 

राजा खान नेपालगन्ज भन्छन “समाज र धर्मको सेवामा योगदान गर्नु मेरो कर्तव्य हो। दावते इस्लामी नेपाललाई प्रदान गरिएको यो सहयोग धार्मिक तथा सामुदायिक कार्यलाई सहज बनाउनका लागि हो। समाजलाई सकारात्मक दिशामा अघि बढाउन सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक छ।”

 

राजा खान नेपालगन्जको निरन्तर समाजसेवा र उदार सहयोगले नेपालगन्जमा सामाजिक सद्भाव र सहयोग संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ। स्थानीय बासिन्दाहरूले उनको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता योगदानहरू जारी रहने विश्वास व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!