नेपालगञ्ज पोष्ट : विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला हस्ताक्षर अभियानमा छ । आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको र त्यसमा सहानुभूती बटुल्न रास्वपाले गत असार ७ गतेबाट हस्ताक्षर संकलन अभियान नै सुरु गरेको हो । सात वटै प्रदेश, पार्टी कार्यालयदेखि काठमाडौंका विभिन्न बुथ र भर्चुअल माध्यमबाट समेत लामिछानेप्रति ऐक्यबद्धता आइरहेको छ । बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने रास्वपाले साढे २७ लाख हस्ताक्षर संकलन गरिसकेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार एक महिनाको अवधिमा २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर अभियानमा भाग लिएका छन् । यानेकी रवि र रास्वपाप्रति सदासयता देखाउनेहरुको संख्या लाखौँ पुगेको छ । प्रवक्ता झाका अनुसार हस्ताक्षर अभियानमा बागमती प्रदेशबाट सबैभन्दा धेरैको सहभागिता रहेको छ । जहाँबाट ७ लाख १३ हजार ३ सय ३१ जनाले सहभागिता जनाएका छन् । त्यस्तै दोस्रोमा गण्डकी प्रदेशबाट सहभागिता रहेको छ । जहाँबाट ५ लाख १२ हजार ९ सय १४ जनाले सहभागिता जनाएका छन् । लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जनाले सहभागिता जनाएका छन् । त्यसपछि कोशी प्रदेशबाट सहभागिता रहेको छ, जहाँबाट २ लाख १३ हजार १ सय ६ जनाले सहभागिता जनाएका हुन् । सुदूरपश्चिम प्रदेशबाट हालसम्म १ लाख १० हजार ५ सय १२ जनाले सहभागिता जनाएका छन् । त्यस्तै त्यसपछि धेरै मधेश प्रदेशबाट सहाभागिता भएको छ । जहाँबाट १ लाख ४ हजार ३ सय ६० जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय १२ जनाले सहभागिता जनाएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जनाले सहभागिता जनाएका छन् । त्यसो त केन्द्रीय कार्यालय बनस्थली बुथमा आएर सहभागिता जनाउनेहरुको संख्या ३६ हजार ५ सय १० रहेको छ । त्यस्तै काठमाडौंमा र्याटको व्यवस्थापका बुथबाट ७४ हजार १ सय १३ जनाले सहभागिता जनाएका छन् । त्यसो त भौतिक भन्दा भर्चुअल माध्यमबाट सहभागिता जनाउनेको संख्या समेत धेरै रहेको छ । ह्वास्टएपबाट हालसम्म ७ लाख ५ सय ५२ जनाले सहभागिता जनाएका छन् भने इमलेबाट समेत ८३ हजार ५ सय ६६ जनाले सहभागिता जनाएको प्रवक्ता झाले जानकारी दिए । यसरी ०७९ को आम निर्वाचनमा सहभागि भएको रास्वपाले एकैपटक २१ सिट (पहिले २० सिट र पछि एक गरी) जित्न सफल भएको थियो । राजनीतिक डेब्यूमै रास्वपाले उत्साहजनक मत ल्याउँदै संसदको चौथो शक्ति बन्दा ठूला दलहरुले दबाब महसुस गरेका थिए । वैकल्पिक राजनीतिका नाममा उदाएको रास्वपामाथि मुख्यगरी ठूला दलहरु एमाले–कांग्रेसका नेताहरु खनिइरहेका सुनिन्छन् । रास्वपाले अहिले ऐक्यबद्धता अभियानमार्फत् बटुलेको जनसमर्थन आगामी निर्वाचनमा प्राप्त गर्ने हो भने ठूलाहरुलाई थप जटिलता थपिने देखिन्छ । गत निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको थियो । जसमध्ये नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको थियो, उसले समानुपातिकमो ३४ सिट प्राप्त गरेको थियो । त्यस्तै प्रत्यक्ष निर्वाचनतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बन्यो । यता नेपाली कांग्रेसले समानुपातिकमा भने दोस्रो मत प्राप्त गरेको थियो । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाउँदा उसले ३२ सिट पायो । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बन्यो । त्यस्तै संसदको तेस्रो ठूलो दल बनेको माओवादी केन्द्र समानुपातिक मतमा पनि तेस्रो नै बनेको थियो । उसले ११ लाख ७५ हजार ६८४ मत पायो, जसआधारमा उसले १४ सिट पायो । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको माओवादीको दुबै जोड्दा उसको ३२ सिट पुग्यो । त्यसो त अघिल्लो निर्वाचनमा समानुपातिकमा धेरै मत प्राप्त गरेका कांग्रेस एमालेका लागि रास्वपाले क्षति पुर्याएको थियो । डेब्यूमै रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जित्यो । समानुपातिकमा एकैपटक ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेको थियो । साथै उसले समानुपातिकबाट १३ सिट पाउँदा कुल सिट २० प्राप्त गरेको थियो । पछि तनहुँ उपनिर्वाचनमा थप एक सिट पाउँदा २१ सिटसहित अहिले रास्वपा संसदमा प्रतिनिधित्व गरिरहेको छ । त्यसो त अहिले रास्वपाले ऐक्यबद्धताको नाममा गरेको तथ्यांक संकलनका आधारमा अघिल्लो निर्वाचनमा कांग्रेस एमालेले समानुपातिकमा पाएको मतकै हाराहारीमा समर्थन प्राप्त गरेको छ । यदी आगामी निर्वाचनमा त्यो ऐक्यबद्धताको हस्ताक्षर मतपेटिकामा मतदान बनेर खस्यो भने समानुपातिकमा रास्वपा दुई दलकै हाराहारीमा आउने देखिन्छ । नेपालगञ्ज पोष्टमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई ९८१२४१३१६३ मा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक युट्युबमा पनि जोडिन सक्नुहुन्छ । Post navigation ५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान नेपालगन्जमा दर्दनाक घटना: प्रेम सम्बन्धको कारण वेट्रेस युवतीको हत्या, प्रेमीले प्रहरीमा आत्मसमर्पण