नेपालगन्जमा रोयल इन्फिल्डको ‘मेटिओर ३५०’ लाइनअप चार भेरियन्टसहित सार्वजनिक

नेपालगन्ज । रोयल इन्फिल्डको लोकप्रिय क्रुजर मोटरसाइकल ‘मेटिओर ३५०’ को नयाँ लाइनअप नेपालगन्जमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। राँझा चोक नजिक रहेको वेस्ट इन नेपाल प्रालिले फायरबल, स्टेलर, आरोरा र सुपरनोभा गरी चार भेरियन्ट बजारमा ल्याएको घोषणा गरेको हो।

वेस्ट इन नेपाल प्रालिका सञ्चालक सौभाग्य सिंहका अनुसार नयाँ रूपान्तरणका साथ आएको इजी क्रुजर सिरिज सात नयाँ र आकर्षक रङहरूमा उपलब्ध छ। सुधारिएको फिचर र आरामदायी डिजाइनका कारण मेटिओर ३५० लाई बजारमा बलियो सम्भावनाका साथ हेरिएको छ।

हाल नेपाली बजारमा मेटिओर ३५० का विभिन्न भेरियन्टहरूको मूल्य 5,77,000 देखि 5,97,000 रुपैयाँसम्म तय गरिएको डिलरले जनाएको छ।

 

नयाँ लाइनअप सार्वजनिक भएसँगै मोटरसाइकलको टेस्ट राइड र बुकिङ प्रक्रिया सुरु गरिएको वेस्ट इन नेपालका प्रतिनिधिले जानकारी दिएका छन्।

error: Content is protected !!