Listen LIVE

पर्वत । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–८ निवासी २० वर्षीय समुन्द्र जिसी रहेका छन् ।

Advertisement 1

उनलाई पीडित पक्षबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिसीले ती बालिकालाई जबरजस्ती करणी गरेको आशंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Advertisement 2

‘मुद्दासम्बन्धी आवश्यक अनुसन्धान जारी छ,‘जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले पीडितको गोपनीयता तथा अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!