Listen LIVE

जनार्दन घिमिरे , गुल्मी – गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ ।

कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका–१ काे गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसाेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement 1

त्यसैगरी गुल्मीकाे मुख्य सडक अन्तर्गत रिडी–वामीटक्सार सडक पनि अवरुद्ध भएकाे छ । याे सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ काे डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि सडक पूर्णरूपमा अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।

डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बाग्लुङको बुर्तिबाङ्सम्म आवतजावत गर्ने गाडीहरू बीच बाटाेमै राेकिएका छन् ।

Advertisement 2

यसैबीच जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई सर्तकता अपनाउँदै सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!