Listen LIVE

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन २०८३ बाट चिरञ्जीवी ओली अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार ओलीले अध्यक्ष पदमा फराकिलो मतान्तरसहित प्रतिस्पर्धी ध्रुवप्रसाद दाहाललाई पराजित गरेका हुन्।

Advertisement 1

नव निर्वाचित अध्यक्ष चिरञ्जीवी ओली
नव निर्वाचित अध्यक्ष चिरञ्जीवी ओली

 

Advertisement 2

निर्वाचन आयुक्तको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ३ सय ९२ मत प्राप्त गर्दा दाहालले ३ सय ७६ मत प्राप्त गरे। निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीले ओलीलाई अध्यक्षमा निर्वाचित घोषणा गर्दै अन्य पदाधिकारी तथा सदस्यहरूको समेत अन्तिम परिणाम सार्वजनिक गरेका हुन्।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ को नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ को नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू

 

Advertisement 3

महिला उपाध्यक्षमा रुपा ओझा (सानु) विजयी भएकी छन्। उनले १ हजार १ सय ५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी उमा ग्राण्डले ५०४ मत प्राप्त गरिन्।

 

महासचिवमा विष्णु श्रेष्ठ १ हजार २ सय ९० मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिपेन्द्रकुमार जोशीले ४ सय ८ मत प्राप्त गरे। उपमहासचिवमा प्रदीप आचार्य ८ सय ६६ मतसहित निर्वाचित हुँदा शिवप्रसाद दाहालले ८ सय ४२ मत प्राप्त गरे।

 

त्यस्तै, कोषाध्यक्षमा टीकामणि उपाध्याय ९ सय १९ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी सूर्य श्रेष्ठले ५ सय ९८ र नारायणप्रसाईले १ सय ८३ मत प्राप्त गरे।

 

वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र उद्योग उपाध्यक्षमा कमलकुमार कार्की निर्विरोध निर्वाचित भएका थिए।

 

कार्यसमिति सदस्यतर्फ सन्तोषकुमार पौडेल (१,४५६), तोपबहादुर थापा (१,३५०), नन्दाराम जैसी (१,३४९), शरदराज अधिकारी (१,३३१), नगेन्द्र शाही (१,२८८), आदित्य गुप्ता (१,३४०), जहाँगीर मुसलमान (१,१६०), शरदप्रसाद रिजाल (१,१२८), सुरजबहादुर भण्डारी (१,१२५) र अतुलकुमार गुप्ता (१,१२३) विजयी भएका छन्।

 

यसैगरी, सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बञ्जारा तथा एसोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका छन्।

 

नयाँ नेतृत्व चयनसँगै नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी कार्यकालका लागि आफ्नो नयाँ कार्यसमिति पाएको छ। निर्वाचन परिणामले ओली नेतृत्वको समूहलाई संघको नेतृत्वमा स्पष्ट बहुमतसहित स्थापित गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!