Listen LIVE

काठमाडौं : नेपालकी अस्मिता खड्का चीनमा भएको एसियन आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । यही डिसेम्बर २८ देखि ३० तारिखसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपालबाट अस्मितामात्रै निर्णायकमा सहभागी भएकी थिइन् ।

Advertisement 1

 

 

Advertisement 2

१३ औं दक्षिण एसियाली खेलकुदकी कांस्य पदक विजेतासमेत रहेकी अस्मिताले गत जुनमा मलेसियामा सञ्चालन भएको रेफ्री कोर्स उत्तीर्ण गरेकी थिइन् ।

चीनको नान्जिङमा भएको च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा चार स्वर्ण, एक रजत र एक कांस्य पदक जित्न सफल भएको छ । पुम्सेको पुरुष ३० वर्षमाथिको उमेर समूहमा चन्द्र राना मगरले स्वर्ण जितेका हुन् । यस्तै ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा भीमबहादुर खड्का, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, १४ वर्षमुनिको पुम्सेमा निरोशा रानाले स्वर्ण जिते ।

Advertisement 3

 

 

यस्तै ग्योरोगीको सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत र जुनियर ५२ केजीमुनि निरोशा रानाले कांस्य जितेका छन् । नेपाली टोलीको प्रशिक्षकको भूमिका भने विकेश बिडारीले निर्वाह गरेका थिए । विकेश विश्व तेक्वान्दोको लेभल टु प्रशिक्षक हुन् । उनले विश्व तेक्वान्दोले गत जुलाई १५ देखि २१ तारिखसम्म सञ्चालन गरेको ‘अनलाइन लेभल टु कोचेज कोर्स’ उतीर्ण गरेका थिए ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कुशल प्रशिक्षकको छवि बनाएका विकेश अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । विकेशले पछिल्लो समय अल्टिमेट तेक्वान्दो डोजाङसँगै विभिन्न विदालयमा प्रशिक्षण गराउँदै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!