नेपालगञ्ज : संघीय सरकारले रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय गरेको छ । यही साउन ७ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससँगै रुकुम पूर्वको सदरमुकामको विवाद पनि मिलेको छ । सोमबारको बैठकले विभिन्न १३ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । उता नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि सरकारले गरेको छ । नेपाल सरकारको नाममा दर्ता रहेको रुपन्देही जिल्ला साविक सिलौटिया गा.वि.स. वडा नं. ६ को सरकारी प्रकृतिको ०-९-० बिघा जग्गा प्रशासकीय भवन निर्माणका लागि मर्चवारी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृति दिने निर्णय पनि भएको छ । मन्त्रिपरिषद्का निर्णय Post navigation युट्युबले हटायो ‘ट्रेन्डिङ’ पेज, अब ‘नम्बर १ ट्रेन्डिङ भिडियो’ भन्ने शब्द हराउने! कैलालीमा रगत अभाव, बिरामीको उपचारमा समस्या