Listen LIVE

सर्लाही : सर्लाहीको रमानगर गाउँपालिकामा मापसे चेकजाँच गरिरहेका प्रहरीमाथि वडाध्यक्षको नेतृतवमा आक्रण भएको छ । सो क्रममा प्रहरीले पाँच राउण्ड गोली हवाय फाइर गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवास बोहराले जानकारी दिए ।

Advertisement 1

प्रवक्ता एसपीका अनुसार हिजो राति करिब ९ बजेतिर रामनगर गाउँपालिका ५ स्थित बैजनाथचोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको बेलामा मापसे गरेका केही युवाहरुको समूह परेका थिए। त्यही विषयमा अवरोध खडा गर्न वडा नम्बर ५ का वडाध्यक्ष श्रीनन्दन रायको नेतृत्वमा करिब डेढसयजनाको समूह आएर प्रहरीमाथि लाठी ढुंगाले आक्रमण गराएको प्रहरीको दावी छ ।

 

Advertisement 2

त्यस क्रममा प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउको फुटेर घाइते भएपछि सर्लाहीका डिएसपीको कमाण्डमा थप प्रहरी टोलि पुगेर अवस्था नियन्त्रणमा थ्रीनट श्री राफइलबाट पाँच राउण्ड गोली हवाई फायर गरेको प्रवक्ता बोहराले नेपालगन्ज पोष्ट लाई  बताए। घाइते रायको टाउकोमा पाँचवटा टाका लागेको छ। उनको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!