Listen LIVE

बाँके : खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थापना भएदेखि पहिलो पटक सरकारी दरबन्दी पाउने भएको छ। मन्त्रिपरिषद्ले सो अस्पतालसहित देशभरका विभिन्न अस्पतालका लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गरेको हो।

Advertisement 1

 

स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), डडेल्धुरा अस्पताल (डडेल्धुरा), कान्ति बाल अस्पताल (काठमाडौं) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) का लागि आर्थिक वर्ष २०८२/८३ मा आवश्यक दरबन्दी स्वीकृत गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

Advertisement 2

 

संत दीनदयाल महाराजको संकल्पमा नागरिकको मुट्ठीदानबाट स्थापित सो अस्पताल सन् २०७२ सालदेखि संघीय सरकारको स्वामित्वमा संचालन हुँदै आएको हो। दरबन्दी अभावका कारण यसअघि अस्पतालमा काज, करार र दैनिक ज्यालादारीका कर्मचारीमार्फत सेवा प्रदान हुँदै आएको थियो। दरबन्दी नहुँदा अस्पतालको सेवा व्यवस्थापनमा चुनौती आउँदै आएको र निजामती किताबखानामा समेत अभिलेखिकरण हुन नसकेको थियो।

Advertisement 3

 

सरकारको यो निर्णयसँगै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पहिलो पटक औपचारिक सरकारी दरबन्दी प्राप्त गर्ने भएको छ, जसले अस्पतालको सेवा र व्यवस्थापन दुवैमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!