Listen LIVE

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका दृष्टिविहिन जय बहादुर विकको परिवारलाई वर्षाले भत्काएको घर पुनर्निर्माण गरी हस्तान्तरण गरिएको हो। पत्रकार खगेन्द्र दाहालको पहलमा विभिन्न सहयोगदाताबाट संकलित आर्थिक तथा निर्माण सामग्री प्रयोग गरी दुई महिनाको अवधिमा घर निर्माण गरिएको हो।

दृष्टिविहिन विकको नवनिर्मित घरको उद्घाटन समाजसेवी लिल बहादुर थापाले रिबन काटेर गरे। उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पत्रकार खगेन्द्र दाहाललाई धन्यवाद दिदैँ उनको समाजिक कार्यको प्रशंसा गरे। उनले गाउँपालिकाले पनि घरबार विहीनलाई प्राथमिकताका साथ सहयोग गर्दै आएको बताए।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले घर निर्माणमा सबैको सानो सहयोगको ठूलो भूमिका रहेको उल्लेख गरिन्। उनले पत्रकार दाहाल र उनको सहकर्मी गणेश राईको सक्रियतालाई प्रशंसा गर्दै अभियान सफल भएकोमा खुशी व्यक्त गरिन्।

समाजसेवी लिल बहादुर थापाले घर हस्तान्तरणकै अवसरमा दृष्टिविहिन परिवारलाई ६ महिना पुग्ने खाद्यान्न पनि प्रदान गरे। समारोहमा विभिन्न समाजसेवी, स्थानीय नेता, प्रहरी, पत्रकार, र गाउँलेहरूको उल्लेख्य उपस्थिति थियो।

यो अभियानमा पत्रकार दाहालले दुई महिना सम्म खटेर घर निर्माणका लागि श्रोत जुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

Advertisement 1

केहि तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!