Listen LIVE

नेपालगञ्ज पोष्ट, असार ३१ । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य सीता (उर्मिला) थपलियाले सामाजिक सञ्जालमा आफूविरुद्ध भएको ट्रोल र आलोचनाका कारण गम्भीर मानसिक तनावमा परेको तथा त्यसकै प्रभावले दुई पटक आत्महत्याको प्रयास गरेको खुलासा गरेकी छन्।

Advertisement 1

 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद थपलियाले केही समयअघि तीन जना युवाले २४ घण्टाभित्र आत्मदाह गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको प्रसंग स्मरण गरिन्। उक्त विषय उठाउने क्रममा आफू र कांग्रेस प्रमुख सचेतक बासना थापाले अपनाएको शैलीलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको उनले बताइन्।

Advertisement 2

 

उनले सरकारलाई संवेदनशील बनाउन फरक ढंगले आवाज उठाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आफूहरूले उठाएको विषय व्यक्तिगत नभई जनसरोकारसँग सम्बन्धित रहेको स्पष्ट पारिन्।

Advertisement 3

 

सांसद थपलियाका अनुसार त्यसपछि सामाजिक सञ्जालमा भएको ट्रोल, अपमानजनक टिप्पणी र निरन्तर आलोचनाले आफूलाई मानसिक रूपमा गम्भीर असर पुर्‍याएको थियो।

 

सामाजिक सञ्जालको दुरुपयोगले व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्ने भएकाले यसको प्रयोगबारे समाजले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याइन्।

 

उनले विशेषगरी महिलामाथि हुने सामाजिक आलोचना र निरन्तर दबाबप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, “सत्ययुगकी सीतादेखि कलियुगकी सीतासम्म यो समाजमा कति पटक अग्निपरीक्षा दिनुपर्ने हो ? म त्यसका लागि तयार छु।”

 

सांसद थपलियाको भनाइले सामाजिक सञ्जालमा हुने ट्रोल संस्कृति, सार्वजनिक व्यक्तिमाथि पर्ने मानसिक दबाब तथा मानसिक स्वास्थ्यको विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!