Listen LIVE

नेपालगञ्ज : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मधेस प्रदेशमा भइरहेको जय ट्रफी क्रिकेटको फाइनलमा दुई विभागीय क्लब नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।

Advertisement 1

 

प्रधानमन्त्री कप क्रिकेटका शीर्ष चार टोलीबीच क्यानले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । जनकपुर र विगरञ्जमा गरेर आयोजना गरेको प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेर फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । यो प्रतियोगितामा बागमति प्रदेश तेस्रो र मधेस प्रदेश चौथो स्थानमा रहे ।

Advertisement 2

 

शीर्ष स्थानमा रहेको पुलिसले ३ खेल खेल्दा २ मा जित र एक मा बराबरी गर्दै ६६ अंक बनायो ।

Advertisement 3

 

आर्मीले समान खेलबाट १ मा जित र २ मा बराबरी गरेर ५५ अंक जोडेको हो ।

 

बागमतीले १ हार र २ बराबरी खेल्दै ४१.५ अंक बनाएर तेस्रो स्थानमा रहँदा मधेस प्रदेशले २ हार र १ बराबरीसहित ३१ अंक बनाएर चौथो स्थानमा रह्यो ।

 

फाइनल खेल ३ दिनको हुने छ । फाइनल खेल मंगलबारदेखि सुरुहुने छ । समूह चरणमा भने दुवै टिमले बराबरी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!