Listen LIVE

नेपालगञ्ज: चिसो अत्याधिक बढेसँगै शीतलहरको प्रकोपले जनजीवन प्रभावित भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा तीन दिनका लागि जाडो विदा दिएको छ। शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाका अनुसार माघ ९ गतेदेखि ११ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो।

Advertisement 1

 

नगर प्रमुखको आदेशमा दिइएको यस बिदाको मुख्य कारण चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेको जनाइएको छ। थापाका अनुसार पछिल्ला केही दिनदेखि बाँकेमा लगातार शीतलहर चलिरहेको र यसले नागरिकको दैनिकीलाई कष्टकर बनाएको देखिएकोले यस्तो निर्णय लिनुपरेको हो।

Advertisement 2

 

शैक्षिक संस्थाहरुलाई जारी सूचनामा, नगरपालिकाले १२ गते शनिबार पर्ने हुँदा विद्यालयहरु अब माघ १३ गते आइतबारबाट मात्रै खुल्ने जानकारी गराएको छ। तथापि, विभिन्न विद्यालयहरुले आफ्नो शैक्षिक क्यालेन्डर अनुसार विभिन्न टेस्ट, परीक्षा वा अन्य कार्यक्रम राखेका कारण सबै विद्यालयले बिदा दिन नसक्ने सम्भावना रहेको हुँदा अभिभावक तथा विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा छुट्टै पुष्टि गर्न अनुरोध गरिएको छ।

Advertisement 3

 

हाल बाँकेसहित तराईका विभिन्न जिल्लामा शीतलहर र चिसोका कारण जनजीवन प्रभावित बनेको छ। चिसोबाट जोगिन गर्म कपडा लगाउन र सावधानी अपनाउन स्थानीय प्रशासनले सबैलाई अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!