बाँके : बाँके जिल्लामा पछिल्ला दुई महिनाको अवधिमा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानबाट १११ किलोभन्दा बढी लागुऔषध बरामद गरिएको छ भने ५४ जनालाई नियन्त्रणमा लिइएको छ।
Advertisement 1
प्रहरी उपरीक्षक (एसपी) राम प्रसाद घर्ती मगरका अनुसार सामाजिक अपराध नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचमा कडाइ गरेपछि यस्तो परिणाम आएको हो। उनका अनुसार पक्राउ पर्नेमा ४८ जना पुरुष र ४ जना महिला रहेका छन्।
Advertisement 2
प्रहरीले दिएको विवरणअनुसार पछिल्ला दुई महिनामा निम्न परिमाणमा लागुऔषध बरामद गरिएको छ:
- गाँजा: १११ किलो
- ब्राउन सुगर: ८८७ ग्राम ३७९ मिलिग्राम
- चरेस: ३ ग्राम ७६० मिलिग्राम
- कोरेक्स: ३०० मिलिलिटर
- नाइट्राब्लेट ट्याब्लेट: ५६२ थान
एसपी घर्ती मगरले भने, “हामीले लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिएका छौं। नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि अनुसन्धान जारी छ।”
Advertisement 3
बाँके प्रहरीले लागुऔषध कारोबारीहरूमाथि निगरानी बढाउँदै विशेष अभियान सञ्चालन गरिरहेको छ। प्रहरीले स्थानीय समुदायसँगको सहकार्यमा सूचना संकलन, निगरानी र कारवाहीलाई प्रभावकारी बनाउँदै आएको छ।
प्रहरीले समाजमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न लागुऔषध कारोबार तथा सेवन नियन्त्रण गर्न सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ










प्रतिक्रिया