बाँके : बाँके जिल्लामा पछिल्ला दुई महिनाको अवधिमा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानबाट १११ किलोभन्दा बढी लागुऔषध बरामद गरिएको छ भने ५४ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरी उपरीक्षक (एसपी) राम प्रसाद घर्ती मगरका अनुसार सामाजिक अपराध नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचमा कडाइ गरेपछि यस्तो परिणाम आएको हो। उनका अनुसार पक्राउ पर्नेमा ४८ जना पुरुष र ४ जना महिला रहेका छन्।

 

प्रहरीले दिएको विवरणअनुसार पछिल्ला दुई महिनामा निम्न परिमाणमा लागुऔषध बरामद गरिएको छ:

  • गाँजा: १११ किलो
  • ब्राउन सुगर: ८८७ ग्राम ३७९ मिलिग्राम
  • चरेस: ३ ग्राम ७६० मिलिग्राम
  • कोरेक्स: ३०० मिलिलिटर
  • नाइट्राब्लेट ट्याब्लेट: ५६२ थान

एसपी घर्ती मगरले भने, “हामीले लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिएका छौं। नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि अनुसन्धान जारी छ।”

 

बाँके प्रहरीले लागुऔषध कारोबारीहरूमाथि निगरानी बढाउँदै विशेष अभियान सञ्चालन गरिरहेको छ। प्रहरीले स्थानीय समुदायसँगको सहकार्यमा सूचना संकलन, निगरानी र कारवाहीलाई प्रभावकारी बनाउँदै आएको छ।

 

प्रहरीले समाजमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न लागुऔषध कारोबार तथा सेवन नियन्त्रण गर्न सर्वसाधारणसँग पनि सहयोगको अपिल गरेको छ

 

Leave a Reply

error: Content is protected !!