रहेनन् अभिनेता दिल्ली गणेश

भारतीय अभिनेता दिल्ली गणेशको मृत्यु भएको छ।

 

शनिबार ८० वर्षिय अभिनेता गणेशको चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो। लामो समयदेखि बढ्दो उमेरका कारण उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

 

दिल्ली गणेशको वास्तविक नाम गणेशन हो। उनी सहायक भूमिकाका कारण चर्चामा छन्।

 

‘पट्टिना प्रावेशव’ बाट अभिनय सुरूआत गरेका गणेशले ४०० भन्दाबढी फिल्ममा अभिनय गरेका छन्। उनी दिल्लीमा दक्षिण भारत नाटक सभाका सदस्य समेत थिए।

error: Content is protected !!