Listen LIVE

नेपालगन्ज :  मोटो कमिशनको लागि नेपालगन्जमा नेपाली विरामीलाई एम्बुलेन्सको दुरुपयोग गरी लखनउ पठाई लुट्ने गिरोहको सप्रमाण पर्दाफास हुँदा पनि स्वास्थ्य मन्त्रालय र बाँके प्रहरी प्रशासनले अहिलेसम्म कुनै एक्सन भने लिएको छैन ।

Advertisement 1

नेपाल न्यू भिजन बाँकेको एम्बुलेन्सका चालक (बिबित रानाले कमेन्टमा उल्लेख गरेअनुसार चालकको नाम सुन्दर राना रहेको) भेरी अस्पतालभित्र गई अस्पतालमा आईसियू खाली छैन भनी विरामीलाई ललाईफकाई लखनउ लैजाने सेटिंग मिलाएको भिडियो सार्वजनिक हुनुको साथै ती चालकका अनुसार जीवनरक्षा फार्मेसी र कमल नाम गरेका व्यक्तिको संलग्नता रहेको पुष्टि भएको छ । साथै जीवनरक्षा फार्मेसीका संचालक भने नेपाल न्यू भिजन बाँकेका सदस्य रहेको समेत खुल्न आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सको दुरुपयोग भए जानकारी पाउन अपिल विज्ञप्ती जारी गरेकोमा अहिले नेपाल न्यू भिजन बाँकेको एम्बुलेन्स प्रयोग गरी मोटो कमिशनको लालचमा भेरी अस्पतालभित्र गई विरामीलाई ललाईफकाई लखनउ पठाउने गिरोहको सप्रमाण पर्दाफास हुँदा पनि मन्त्रालय भने एक्शनमा आएको छैन । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स दुरुपयोग गर्नेको एम्बुलेन्स नै खारेज गर्ने बताएपनि दुरुपयोग भएको एम्बुलेन्स कहिले खारेज गर्छ भन्ने प्रश्न मन्त्रालयलाई तेर्सिएको छ ।

Advertisement 2

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको संयोजक सिडियो र ट्राफिक कार्यालय सदस्य तथा स्वास्थ्य कार्यालयको प्रमुख जिम्मेवारी भएपनि अहिलेसम्म एम्बुलेन्स दुरुपयोग रोक्न कोही पनि अगाडि नसरेको नेपालगन्जका जनता बताउँछन् ।

साथै नेपाली विरामीलाई ललाईफकाई गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरी गिरोहको पर्दाफास गर्नु पर्नेमा अहिलेसम्म बाँके प्रहरी प्रशासन भने मौन रहेको देखिएको छ भने उता भिडियो सार्वजनिक हुना साथ भेरी अस्पताल प्रशासनले ती व्यक्तिको खोजी गरी रहेको भेरी अस्पताल मेडिकल सुपरिटेन्डेड डा. निराजन सुवेदीले बताउनु भयो । डा. सुवेदी भन्नुहुन्छ–‘आइतबार निर्णय गराई अस्पताल परिसरमा कुनै पनि एम्बुलेन्सलाई पार्किग गर्न नदिने तथा अस्पतालभित्र कुनै पनि फार्मेसी र एम्बुलेन्स चालकमाथी प्रवेश निषेध लगाउने छौं ।’

Advertisement 3

लखनउ गोमती नगरस्थित क्रिसेन अस्पतालले कोहलपुर मेडिकल कलेज, नेपालगन्ज नर्सिग होम र भेरी अस्पताल वरपर रहेका फार्मेसी र केही एम्बुलेन्सका चालकलाई नेपाली विरामी पठाएवापत मोटो कमिशन दिने खेलमा सयौं नेपाली विरामीलाई लुट्ने गरेको विरामीका आफन्तले नेपालगन्ज पोस्ट लाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!