Listen LIVE

दिल्ली : इन्डियन आइडल सिजन १२ का विजेता तथा लोकप्रिय गायक पवनदीप राजन ठुलो कार दुर्घटनामा परेका छन्। प्राप्त जानकारी अनुसार उनी उत्तराखण्डको चम्पावतबाट दिल्लीतर्फ जाँदै गर्दा गजरौलाको राजमार्गमा दुर्घटनामा परेका हुन्।

Advertisement 1

 

घटना गजरौलामा रहेको सर्कल अफिस (सीओ) कार्यालय अगाडिको कटमा भएको हो, जहाँ उभिएको क्यान्टरमा पवनदीपको कार पछाडिबाट ठोक्किएको थियो। सो कारमा पवनदीपसँगै उनका दुई साथीहरू पनि सवार थिए। दुर्घटनामा पवनदीपको दुबै हात र खुट्टा भाँचिएको बताइएको छ भने उनका साथीहरू पनि गम्भीर घाइते भएका छन्।

Advertisement 2

घाइते पवनदीपलाई तत्काल नजिकको अस्पतालमा भर्ना गरिएको छ। अस्पताल भित्रबाट आएको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा पवनदीप अस्पतालको बेडमा रहेका देखिन्छन्।

Advertisement 3

 

प्रशासनले घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ भने उनका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!