
सन्देश भुसाल, नेपालगञ्ज : तीज आउन अब एक महिना मात्र बाँकी छ । नेपाली लोकसंगीतको माहोल तीजको रौनकले झनै तातिरहेको बेला एकपछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् । यही क्रममा Niki Thapa Official को प्रस्तुति ‘म भन्दा राम्रो कोही’ शीर्षकको तीज गीत आज सार्वजनिक भएको छ ।
Advertisement 1
गीतमा लोकप्रिय गायक पशुपति शर्मा र गायिका निकि थापा को सशक्त स्वर रहेको छ । शब्द रचना चर्चित गीतकार साजन कुँवर को रहेको छ भने संगीत यज्ञ सापकोटा ले भरेका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ HBN किस्मत ले गरेका हुन् ।
Advertisement 2
गीतको भिडियोलाई निशान बानियाँ ले निर्देशन गरेका छन् भने दावा बाल तामाङ को कोरियोग्राफी रहेको छ । भिडियोमा चर्चित अभिनेता पौल शाह र नायिका नारायणी खत्री को मुख्य अभिनय देख्न सकिन्छ । उनीहरूसँगै प्रेम अर्याल को पनि साथ रहेको छ ।
Advertisement 3
गीतको छायांकन बुद्ध थापा र उनकी टिमले गरेका छन् भने सम्पादन प्रविन भट्ट र रंग संयोजन मिलन विश्वकर्मा ले गरेका छन् । पोस्टर डिजाइन गणेश घताल ले तयार पारेका छन् । मेकअपमा सरिता मगर, वेशभूषामा Valentino The Boutique, तथा कला संयोजनमा मानिक पर्खिन संलग्न छन् ।
गीतको सम्पूर्ण अडियो/भिडियो निर्माण तथा वितरण Galbandi Music Pvt. Ltd. ले गरेको हो ।
सार्वजनिक भएसँगै दर्शक/श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको यस गीतले हाल बजारमा भाइरल हुनकै लागि बनाइएका छाडा गीतहरूमाझ शुद्ध भाव र मौलिकताको सन्देश दिएको छ । शब्द, संगीत र भिडियोको संयोजनले गर्दा यो गीतले यो वर्षको तीज गीतमध्ये छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ ।