Listen LIVE

काठमाडौँ : फिल्म ‘लाज शरणम्’ को अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले पाएको छ। निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले भारत बाहेकका अन्तर्राष्ट्रिय वितरण अधिकारको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Advertisement 1

 

फिल्म आगामी फागुन १४ गते शिवरात्रिको अवसर पारेर नेपालभर प्रदर्शनमा आउँदैछ। नेपालमा भने फिल्मको वितरण जिम्मेवारी ब्यांकटेस इन्टरटेनमेन्टले लिएको छ।

Advertisement 2

 

कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको यस फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा लगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथै, सक्किगोनि टिमका चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), र कमलमणि नेपाल (खुपीका बाउ) पनि फिल्ममा देखिनेछन्।

Advertisement 3

 

फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने सह-निर्माताको भूमिकामा राम नरेश शाह र सृजना खड्का रहेका छन्। सुदीप बरालले छायांकन गरेको यस फिल्मको दर्शकहरूले ठूलो प्रतिक्षा गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!