{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

बाँके, राप्तीसोनारी – दाङबाट बाँके जाँदै गरेको मोटरसाइकल र डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना आज बिहान राप्तीसोनारी–१, सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा भएको हो।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरतर्फ जाँदै गरेको ना ८ ख ३३३ नम्बरको ट्याङ्कर र दाङबाट कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ४९ वर्षीय घमनबहादुर शाही र धनगढी उपमहानगरपालिका–१४ का ३६ वर्षीय रुपेश बस्नेत गम्भीर घाइते भएका थिए।

 

घाइते दुवैजनालाई तत्कालै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनापछि मृतकका आफन्तलाई जानकारी दिइएको र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

Leave a Reply

error: Content is protected !!