दाङ – दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ।
Advertisement 1
वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका–७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरी खटाएको स्थानबाट कार्यालय फर्कने क्रममा दुर्घटनामा परेका हुन्। लमही–७ स्थित कर्णाली खोलामा मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।
Advertisement 2
घटनापछि उनलाई उपचारका लागि तत्काल स्थानीय स्वास्थ्य संस्थामा पुर्याइएको थियो। तर, गम्भीर अवस्थामा रहेका चौधरीको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन्।
Advertisement 3
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया