Listen LIVE

गाडीका पार्टपुर्जा १९ दिनपछि फेला
गाडीका पार्टपुर्जा १९ दिनपछि फेला

हेटौंडा, मकवानपुर — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वैशाख १९ गते जमिनमुनि हराएको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडीका भागहरू फेला परेका हुन्।

Advertisement 1

प्रहरीका डिएसपी श्यामु अर्यालले जानकारी दिएअनुसार गाडी खोज्ने क्रममा केही पार्टपुर्जा भेटिएको हो। प्रारम्भिक खोजी गर्दा गाडी फेला नपरेपछि वैशाख २३ गते र जेठ २ गते भूगर्भ शास्त्र केन्द्रीय विभाग काठमाडौंको टोलीले स्थल निरीक्षण तथा माटो परीक्षण गरेको थियो। परीक्षणपछि सतर्कता अपनाएर उत्खनन् गर्न सकिने सुझाव दिइएको थियो।

 

Advertisement 2

उक्त सुझावका आधारमा स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा स्काभेटर र क्रेनको प्रयोग गरी उत्खनन् कार्य थालिएको थियो। खोजीको क्रममा गाडीका केही पार्टपुर्जा फेला परेका हुन्। हालसम्म गाडीको पूर्ण अवस्थाबारे खुल्न बाँकी भए पनि सुरुवाती फेला परेका भागहरूले खोजीमा प्रगति भएको संकेत गरेका छन्।

 

Advertisement 3

स्थानीय बासिन्दाहरूले घटनालाई अस्वाभाविक र रहस्यमय मानेका छन् भने विशेषज्ञहरूले भौगोलिक बनावट र माटोको प्रकृतिलाई यसको कारण मानिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!