बाँके : नेपाल पत्रकार महासंघले सामाजिक सञ्जालको नियमनसम्बन्धी विधेयकको विरोध गर्दै सरकारलाई तत्काल उक्त विधेयक फिर्ता लिन माग गरेको छ। महासंघले विधेयकलाई प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयासको रूपमा हेरिरहेको छ र यसलाई पुनर्लेखनका लागि सरोकारवालासँग छलफल गर्नुपर्ने धारणा राखेको छ।
Advertisement 1
महासंघको बैठकले चेतावनी दिएको छ कि यदि सरकार उक्त विधेयक अगाडि बढाउँछ भने महासंघ आन्दोलनमा उत्रिन बाध्य हुनेछ। विधेयक बिना कुनै छलफल नागरिकका मौलिक अधिकारलाई हनन गर्नेगरी ल्याइएको भन्दै महासंघले विधेयक फिर्ता लिइ पुन:लेखन गर्न आग्रह गरेको छ।
Advertisement 2
साथै, महासंघले मिडिया काउन्सिल विधेयकमा पनि संशोधन गर्नुपर्ने माग गरेको छ र यसको पारित प्रक्रिया अघि महासंघका सुझावलाई समेट्न आग्रह गरेको छ। महासंघले श्रमजीवी पत्रकार ऐनमा समयानुकूल संशोधनका लागि सरकारसँग माग गर्दै, पत्रकारहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्नको लागि पनि सरकारसँग माग गरेको छ।
Advertisement 3
महासंघले प्रेस र सञ्चारमाध्यमका क्षेत्रमा समावेशी र सुशासनयुक्त वातावरण निर्माणका लागि महिलाहरू, दलित, आदिवासी, अपाङ्गता भएका व्यक्तिहरू, मधेशी र अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको छ।
महासंघले श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, साथै सरकारी अस्पतालमा पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने कुरामा पनि सरकारसँग दबाब बढाएको छ।










प्रतिक्रिया