Listen LIVE

बाँके : नेपालगन्ज–गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तर्गत बाँकेको खजुरा स्थित पेडारी नालामा पुल निर्माण हुने पक्का भएपछि खजुराबासी खुसी भएका छन्। लामो समयदेखि पुल नबन्दा समस्या भोगिरहेका स्थानीयले अब राहत पाउने आशा गरेका छन्।

Advertisement 1

 

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको टोलीले पुल निर्माणस्थलको अवलोकन गरेपछि स्थानीयवासीले मन्त्रीसहितको टोलीलाई स्वागत गरेका थिए। कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत दलका सांसद, प्रदेश तथा स्थानीय नेताहरू, खजुरा गाउँपालिकाका अध्यक्ष र जनप्रतिनिधिहरू सहभागी थिए।

Advertisement 2

पुल निर्माणका लागि हालै अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेपछि निर्माणको प्रक्रिया अघि बढ्ने भएको हो। खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष र नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य किस्मत कुमार कक्षपतिले फोरलेन सडक अनुसारको फराकिलो पुल निर्माणका लागि गरिएको पहलले अब मूर्त रूप लिने बताएका छन्।

Advertisement 3

 

हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लिला भण्डारीका अनुसार, १२ करोड लागतमा ३३ मिटर लम्बाइ र २२ मिटर चौडाइको पुल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको छ। एक महिनाभित्र टेण्डर प्रक्रिया थालेर निर्माण सुरु गरिने योजना रहेको उनले बताए।

 

स्थानीय महिला सदस्य देउमाया मगर्नीले फोरलेन सडकको मापदण्ड अनुसारको पुल निर्माणले खजुराबासीमा खुशीको वातावरण छाएको बताइन्।

 

मन्त्री दाहालले पेडारी नालाको पुल निर्माणका लागि किस्मत कक्षपतिले पटकपटक पहल गरेको स्मरण गर्दै एक वर्षभित्र काम सक्ने गरी निर्माण अघि बढाउन निर्देशन दिएको बताए। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बाँके ३ की इन्चार्ज दीपा शर्माले समेत पुल निर्माणका लागि महत्वपूर्ण पहल गरेकी थिइन्।

 

पुल निर्माणको सुनिश्चितता पछि राजनीतिक दलहरूबीच जस लिने होडबाजी चलेको देखिन्छ। तर, स्थानीयहरू भने पुल बनेपछि दैनिक जीवन सहज हुने कुरामा आशावादी छन्।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!