Listen LIVE

बाँके, नेपालगञ्ज । आज बाँके जिल्लाको प्रमुख धार्मिक स्थल श्री बागेश्वरी मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विशेष समारोहबीच फूलपाती भित्र्याएका छन्। यस अवसरमा टोलीले बिहानै मन्दिरमा पूजा अर्चना गरी फूलपाती चढाएका थिए।

बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि अत्यन्तै महत्वपूर्ण शक्तिपीठ मानिन्छ। हरेक वर्ष दसैंको सातौं दिन अर्थात् फूलपातीको दिन यहाँ विशेष पूजा गर्ने परम्परा छ। स्थानीयहरु बिहान सबेरैदेखि मन्दिरमा फूलपाती चढाउनको लागि आउने गर्दछन्। घरघरबाट फूलपाती संकलन गरी मन्दिरमा चढाउने र मन्दिरबाट टिका तथा प्रसाद लिएर घरमा भित्र्याउने चलन वर्षौँदेखि कायम छ।

यस वर्ष पनि परम्परागत रुपमा हजारौं भक्तजनहरु मन्दिरमा उपस्थित भई फूलपाती चढाएका छन्। सुरक्षा निकायका प्रतिनिधिहरुले समेत सहभागी भई मन्दिरको वातावरण अझै धार्मिक र गरिमामय बनेको थियो।

Advertisement 1

तस्बिरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!