भारत ( बलरामपुर) : भारतको बलरामपुर–गोंडा मार्गस्थित फुलवरिया बाइपास चौराहामा सोमबार राति एक यात्रुबस र ऊनी कपडा बोकेको कन्टेनर ठोक्किँदा ठूलो दुर्घटना भएको छ। ठोक्किनासाथ दुवै सवारीमा आगलागी भई तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये दुई जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
Advertisement 1

पहिचान भएकी मृतक नेपालका गुल्मी निवासी ६० वर्षीया राधा (पति लालबहादुर) रहेको प्रहरीले जनाएको छ। अन्य दुई शव अत्यधिक जलेका कारण पहिचान कठिन बनेको छ। एक शव किशोरको र अर्को कन्टेनर ट्रकका क्लीनरको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले नेपाली यात्रु लगायत अन्य स्रोतमार्फत पहिचान गर्ने प्रयास जारी राखेको छ।
Advertisement 2

घाइते २४ मध्ये पाँच जनालाई मेडिकल कलेज बहराइच र एक जनालाई लखनऊ रेफर गरिएको छ। बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। बुटवलकी ऋचा योगीलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।
Advertisement 3
दुर्घटनापछि बस र कन्टेनरका चालक, सहचालक र क्लीनर फरार छन्। कन्टेनर चालकविरुद्ध कुल्लू, हिमाचल प्रदेश निवासी लोवसङको उजुरीमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ। प्रभारी निरीक्षक गिरजेश तिवारीका अनुसार पहिचान नभएका दुई शवबारे थप अनुसन्धान गरिरहेको छ।










प्रतिक्रिया