Listen LIVE

नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेहरूमाथि कडाइ गर्दै कारवाही सुरु गरेको छ। यसैक्रममा सोमबार नेपालगन्ज-१० शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई स्वास्थ्य तथा औषधिजन्य फोहोर अव्यवस्थित रूपमा फालेको भन्दै कारवाही गरिएको छ।

Advertisement 1

सार्वजनिक बाटोमा फोहोर फाल्नेलाई उपमहानगरले गर्यो कारबाही

Advertisement 2

नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्य बोगटीका अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको छ। साथै, फोहोर उठाएर सम्बन्धित कम्पनीमा फिर्ता गर्न लगाइएको छ।

Advertisement 3

“हामीले फोहोर फाल्नेलाई स्पटमै बोलाएर जरिवाना गरेका छौँ। साथै, अब उपरान्त यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत गराएका छौँ,” निरीक्षक बोगटीले जानकारी दिनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई कानुनी कारबाही गर्दै आएको छ। नगर क्षेत्र सफा राख्न सबै नागरिकलाई सचेत रहन र नियम पालना गर्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!