सन्देश भुसाल, दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बेलन्ने डाँडा नजिकै रहेको बबई नदी छेउको नर्सरीमा एक नवजात शिशुको शव फेला परेको छ।

 

बुधबार दिउँसो स्थानीयहरूले नर्सरीमा गाडिएको अवस्थामा शिशुको शव देखेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर गरेका थिए। शव कुकुरले खन्दै गरेको अवस्थामा देखिएको थियो, र शिशुको एउटा हात कुकुरले खाइसकेको बताइएको छ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार शिशु कसको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी थप अनुसन्धान अघि बढाएको छ।

 

Leave a Reply

error: Content is protected !!