सन्देश भुसाल,नेपालगञ्ज । आज नेपालगञ्जमा आयोजित Photowalk उत्साहपूर्ण सहभागिता र सिर्जनात्मक माहोलबीच सफलतापूर्वक सम्पन्न भएको छ। Nepalgunj Photowalkers Team र Connect Nepalgunj को संयुक्त आयोजनामा भएको यो Photowalk सहभागीहरूका लागि रमाइलो मात्र होइन, सिकाइ र सम्झनालायक अनुभव बनेको आयोजकले जनाएको छ।
Advertisement 1

Photowalk मा पुराना साथीहरूसँगै नयाँ अनुहारहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। सहभागीमध्ये केही Vlogger थिए भने केही आ–आफ्नो पेशागत काममा संलग्न व्यक्तिहरू रहेका थिए। फरक–फरक पृष्ठभूमिबाट आएका सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।
Advertisement 2

आजको Photowalk Tribhuwan Chowk बाट सुरु भई Eklaini हुँदै Bakeshwory मा पुगेर समापन गरिएको थियो। यात्रा क्रममा सहभागीहरूले सहरका दृश्य, दैनिकी र सांस्कृतिक पक्षलाई क्यामेरामा कैद गर्दै दृश्य कथन (Visual Storytelling) मा ध्यान दिएका थिए।
Advertisement 3
कार्यक्रमको विशेष पक्षका रूपमा नयाँ सहभागी (New Comers) हरूलाई Photography का आधारभूत नियमहरू सिकाइएको थियो। सोही नियम र तय गरिएको theme अनुसार फोटो खिच्न प्रेरित गरिएको आयोजकले जानकारी दिएको छ। आगामी दिनहरूमा पनि यही अभ्यासलाई निरन्तरता दिँदै सिकाइलाई अझ प्रभावकारी बनाउने योजना रहेको बताइएको छ।
कार्यक्रमबारे जानकारी दिँदै RGB Nihal ले यस्ता Photowalk हरूले युवाहरूमा सिर्जनशीलता बढाउनुका साथै आपसी नेटवर्क विस्तार गर्न सहयोग पुर्याउने बताए। आगामी दिनहरूमा पनि यस्ता Photowalk हरू निरन्तर आयोजना गरिने अपेक्षा आयोजकको रहेको छ।
“Click. Connect. Create.” भन्ने सन्देशका साथ सम्पन्न आजको Photowalk नेपालगञ्जको फोटो समुदायका लागि प्रेरणादायी र यादगार बनेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। 📸✨










प्रतिक्रिया