कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलाली : कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर नाम सार्वजनिक नगरिएको रहेका छन्। बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीया किशोरीमाथि शनिबार बेलुकी उनीहरुले जबरजस्ती करणी गरेको आरोप छ।

 

मोहन्याल घर भएर बर्दगोरियामा डेरा गरी बस्ने ती किशोरी कक्षा ४ मा पढ्छिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिबार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए।

 

पकाएको मासु पुर्याउन पसलमा पुगेका बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ। आफूलाई जबर्जस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

 

आइतबार पीडित बालिकाकी दिदीले घटना बारे प्रहरीलाई खबर गरेकी थिइन्। आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

तेस्तै अर्को घटना कैलालीको  धनगढीमा पनि गएको बिहीबार १४ वर्षीया किशोरीमाथि बलात्कार भएको थियो।

 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको आरोपमा उजुरी परेको छ।

 

विद्यालयबाट फर्किँदा बाटो छेकेर ती युवकले चक्कु देखाएर डरत्रासमा पारेर घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। आरोपी अझै पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी बोहराले जानकारी दिए।

 

error: Content is protected !!