Listen LIVE

देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भुभाग सामान्यतया सफा रहेको छ।

Advertisement 1

आज (आइतबार) कर्णाली प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि सोमबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशको मौसम सामान्यतयाः सफा रहने र राति आंशिक बदलीको सम्भावना रहने मौसमविद्ले जनाएको छ ।

Advertisement 2

त्यस्तै, गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा दिउँसो आंंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । यसैगरी राति भने हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रही हिमाली भेगको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement 3

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!