
सन्देश भुसाल, नेपालगञ्ज : सुरक्षा पन्तको प्रमुख भूमिका रहेको चलचित्र ‘खेल’ प्रदर्शनपछि सुपरफ्लप बनेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र पहिलो दिनमै ‘डिजास्टर’ सावित भएको थियो भने शनिबारको बिदामा समेत स्थिति सुधार हुन सकेन। निर्माताको पिकअपको आशामा पनि तुषारापात भएको छ।
Advertisement 1
देशभर झण्डै डेढ सय शो पाएको भए पनि चलचित्रले दर्शक तान्न असफल रह्यो। अधिकांस हलहरु खाली भए र धेरैजसो शोहरु दर्शकको अभावमा स्थगित गर्नुपर्यो। शनिबार पनि दर्शकको उपस्थिति न्यून रहेको निर्माण पक्षले जनाएको छ।
Advertisement 2
चलचित्रको प्राविधिक पक्षमा राम्रो लगानी गरिएको थियो। करिब दुई करोड रुपैयाँ खर्च भएको चलचित्रले लगानी उठाउन कम्तीमा पाँच करोड रुपैयाँको ग्रस कारोबार गर्नुपर्ने थियो। तर, निर्माण पक्षका अनुसार कलेक्सन यति न्यून छ कि अंकमा भन्न पनि लाज लाग्ने अवस्था छ।
Advertisement 3
चलचित्र रिलिज हुनु अघि सुरक्षा पन्तले दिएको एक अन्तरवार्ताबाट विवाद समेत चुलिएको थियो। उनले पूर्वराज परिवारप्रति अपमानजनक टिप्पणी गरेको आरोप लागेपछि राजावादी समर्थकहरु आक्रोशित भएका थिए र चलचित्र बहिष्कारको अभियानसमेत चलेको थियो। यस विवादबाट सुरक्षा स्वयं पनि आहत बनेकी छन्। उनले फेसबुकमा कविता लेखेर आफ्नो निराशा पोखेकी थिइन्।
यद्यपि, दर्शक नपाए पनि ‘खेल’ ले अझै उल्लेख्य शो पाइरहेको छ। किनभने सँगै रिलिज भएको हरिवंश आचार्यको ‘भुठान’ चलचित्र पनि कमजोर व्यापार गर्दैछ। दर्शकको कमीका कारण प्रदर्शकहरु ‘खेल’ लाई करिब सय शो दिन बाध्य भएका छन्।
‘खेल’ मात्र होइन, ‘भुठान’ पनि अहिले व्यापारिक असफलताको बाटोमा रहेको छ।